रामचन्द्रले देउवालाई हाने छिर्के, जिल्ला अधिवेशनमा कहाँ-कहाँ पछारिए देउवा ? (सुची-सहित)

  • प्रकाशित मिति : २०७८ आश्विन १९, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अग्रता बढाएको छ ।

हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । जसमध्ये ६ जिल्लामा पौडेल पक्षका नेता सभापति निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षले ४ जिल्लामा नेतृत्व हात पारेको छ ।

देउवा पक्षका जिल्ला सभापतिहरू

१. शंकर गुरुङ, मनाङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. गजेन्द्र तुम्याहाङ, ताप्लेजुङ
४. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

पौडेल पक्षका जिल्ला सभापतिहरू

१. रोमी गौचन थकाली, मुस्ताङ
२. अम्मबहादुर शाही, कालीकोट
३. केशरमान रोका, रुकुमपूर्व
४. दीपक खड्का, संखुवासभा
५. नन्दप्रसाद न्यौपाने, गोरखा
६. बर्मा लामा, दोलखा