प्रधानन्यायाधीश राणाको किन दुख्यो चित्त, मन्त्री नखोजेको भन्दै यसरी दिए साबिती बयान

  • प्रकाशित मिति : २०७८ आश्विन १८, सोमबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्री चयनमा आफूले भागबण्डा नखोजेको प्रष्ट्याएका छन् । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश राणाले पनि भाग खोजेको भन्दै संचारमाध्यमले प्रश्न उठाएपछि सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले बारका पदाधिकारीसँग भेट गर्दै आफूले भागबण्डा नमागेको भन्दै स्वतन्त्र अदालतमाथि प्रहार गर्न खोजिएको बताएका हुन् ।
‘मन्त्रीमा मैंले भागबण्डा मागेको भन्ने कुरा होइन । यो हुनै सक्दैन । म बाट त झन् हुने कुरै भएन’ राणाको भनाई उद्धृ गर्दै सर्वोच्च बार एसोसियसनका सचिव ऋषिराम घिमिरले भने, ‘मन्त्रिपरिषद् गठनको काम मेरो होइन । यसमा प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ । मन्त्रीमा न्यायालयले भागबण्डा खोज्दैन, खोज्नु पनि हुँदैन ।’

मन्त्रीमा राणाले दुई जनासम्मको भाग खोजेको समाचारपपछि आकष्मिक भेट मागेर पुगेका बारका पदाधिकारीसँग समाचारको खण्डन गर्ने बताएका हुन् ।

यो विषयमा आइतबार अनलाइनखबर, सेतोपाटी र सोमबार कान्तिपुर दैनिकले राणाले मन्त्रीमा भाग खोजेको समाचार सम्प्रेषण गरेका थिए ।