प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

  • प्रकाशित मिति : २०७८ आश्विन १४, बिहीबार
  • chhanbin.com

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।