रूरू जलविद्युत परियोजनाको नाफा ६ करोडभन्दा बढी , जगेडा कोष रकम १५० प्रतिशत बढ्यो

  • प्रकाशित मिति : २०७८ बैशाख २७, सोमबार
  • chhanbin.com

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रूरू जलविद्युत परियोजना लिमिटेडले रू. ६ करोड १३ लाख १२ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा रू. ५ करोड ४३ लाख ४९ हजार थियो । गत वर्षभन्दा करिब १३ प्रतिशत बढी नाफा कम्पनीले गरेको हो ।

यस वर्ष खुद नाफा बढेसँगै कम्पनीको जगेडा कोष रकम १५० प्रतिशत बढी रू. १२ करोड २७ लाख ५८ हजार कायम भएको छ । कम्पनीले विद्युत विक्रीबाट यस वर्ष रू. १२ करोड २ लाख ९५ हजार आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी रू. ११ करोड ७० लाख ९२ हजार रहेको छ ।

यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । आईपीओ पश्चात कम्पनीको शेयरपूँजी रू. ३६ करोड ६९ लाख ३४ हजार पुगेको छ ।

धितोपत्र दोस्रो बजारमा बैंशाख २० गतेदेखि कारोबार सुरु भएको कम्पनीको शेयरमूल्यमा निरन्तर उच्च बृद्धि भैरहेको छ । आइतवार कम्पनीको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशतले बढेर रू. ५४८ पुगेको छ । गत वर्ष रू. १६ दशमलव ८५ रहेको प्रतिशेयर आम्दानी यस वर्ष रू. १८ दशमलव ६१ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ४६ रहेको छ ।