डीभी २०२२ को नतिजा सार्वजनिक, तपाईलाई पर्यो परेन ? यसरी हेर्नुस

  • प्रकाशित मिति : २०७८ बैशाख २६, आईतवार
  • chhanbin.com

काठमाडौं। सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ।

सन् २०२२ का खुलेको अमेरिकी डिभीको नतिजा आज राती नेपाली समय अनुसार ९:४५ बजे सार्वजनिक हुने भएको नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ।

नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई check status मा गई आफ्नो कन्फरेन्सन नम्बर हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ ।

“आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ” अमेरिकी दुतावासद्वारा जारी सूचनामा उल्लेख छ।

यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ। छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख गरिएको छ ।

साथै दूतावास वा अमेरिकी सरकारका अन्य निकायले डिभी कार्यक्रममा छनौट भएको व्योहोराको इमेल नपठाउने भएकोले कुनै इमेल आए त्यसलाई वेवास्ता गर्न नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ।