शुक्रबार १० लाख कित्ता बढी शेयर सुचिकृत

  • प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार
  • chhanbin.com

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।

सूर्या लाइफले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५२६ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद लाभांश रहेका छन्। सूर्या लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।