बिहीवार कारोबारको दश मिनेटमै पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्यो

  • प्रकाशित मिति : २०७८ बैशाख २३, बिहीबार
  • chhanbin.com

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबार खुला भएको दश मिनेटमै पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यस अवधिसम्म जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

अन्य तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । त्यस्तै महिला लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, रैराङ हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत र जोशी हाइड्रोपावरको ९ दशमलव ४९ प्रतिशत शेयरमूल्य बढेको हो ।