प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

  • प्रकाशित मिति : २०७८ बैशाख २३, बिहीबार
  • chhanbin.com

काठमाडौं। प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ। लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २६ गतेदेखि बुकक्लोज गर्ने भएकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सले वितरण गर्ने लाभांश पाउनेछन्।

इन्स्योरेन्सले १० प्रतिशत अर्थात १० करोड ६५ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ ६ गते साधारणसभा आह्वान गरेको छ।