बिहीबार सुनको मूल्य वृद्धि हुँदा चाँदी भने घट्याे

  • प्रकाशित मिति : २०७८ बैशाख २३, बिहीबार
  • chhanbin.com

काठमाडौं। बिहीबार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । बैशाख २३ गते सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । महासंघको तथ्यांक अनुसार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार सुनको भाउ घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको थियो ।

बिहीबार सुनको भाउ बढेतापनि चाँदीको भाउ ओरालो लागेको छ । चाँदीको भाउ लगातार दोश्रो दिन घटेको हो । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको भाउमा गिरावट आएर एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।