सगरमाथा इन्स्योरेन्सको खुद नाफा करिब ६४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ताे ?

  • प्रकाशित मिति : २०७८ बैशाख २२, बुधबार
  • chhanbin.com

काठमाडौं। सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६३.९४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत सम्ममा कम्पनीले १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २८.१४ प्रतिशतले बढेर ९५ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ, बीमा कोषमा ९५ करोड ६६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ४५.२५ गुणा रहेको छ ।

यस अवधिमा इन्स्योरेन्सले १ लाख ३६ हजार ६९६ वटा बीमालेख जारी गरी १ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, यस अवधिमा इन्स्योरेन्सले ८ हजार ३२ वटा दाबी बापत ८० करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार ५४१ दाबी बापत १ अर्ब १८ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।