जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • प्रकाशित मिति : २०७८ बैशाख २२, बुधबार
  • chhanbin.com

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने बैशाख २२ गते बुधबार अन्तिम दिन रहेको छ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि बैशाख २३ गतेदेखि बुकक्लोज गर्ने भएकोले बैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तकाे लाभांश पाउनेछन्।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस र २.६० प्रतिशत अर्थात २० लाख ५९ हजार २ सय रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अनुमोदन गर्न बैशाख ३० गते साधारणसभा गर्दैछ।