नेपाल लाइफ २१ औं वर्षमा : एक खर्ब १ अर्बको जीवन बीमाकोष, २८ लाख ८२ हजार बीमित

  • प्रकाशित मिति : २०७८ बैशाख २१, मंगलवार
  • chhanbin.com

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापना भएको कम्पनीले निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ। कम्पनीको २० वर्षे यात्राका क्रममा एक खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ लगानी पुगेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमाकोष एक खर्ब एक अर्ब २८ करोड रुपैयाँ, शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी छ । कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि बजार पूँजिकरण रहेको छ ।

यस कम्पनीले आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा मृत्युदावी ३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याई पु¥र्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिनुहुने आदरणीय नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा धन्यवाद व्यक्त गरे ।