बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ बैशाख २१, मंगलवार
  • chhanbin.com

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १३२५ पुगेको महासंघले जनाएको छ ।