मध्य भोटेकोशीको आईपिओ आजदेखि, सिन्धुपाल्चोक र काठमाडौँमा कहाँ कहाँ दिने आवेदन ?

  • प्रकाशित मिति : २०७८ बैशाख २१, मंगलवार
  • chhanbin.com

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ।

शेयरको लागि आवेदन दिँदा निम्न कागजातहरू पेश गर्नु पर्ने छ

क.    सिन्धुपाल्चोक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्र लिने आवेदकको हकमा

१.     आयोजना प्रभावित क्षेत्रको बासिन्दा भएको प्रमाणित हुने नागरिकता प्रमाणपत्रको प्रतिलिपि (प्रतिलिपिमा स्वयंले दस्तखत गरेको हुनुपर्ने) ।

२.     नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

ख.   अन्य जिल्लाबाट स्थानीय बासिन्दाको रुपमा आयोजना प्रभावित क्षेत्र/सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने आवेदकको हकमा

१.     अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा विवाह सम्बन्ध कायम भई आउने महिलाको हकमा निजको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाह दर्ता प्रमाणपत्रमा निजको पति सिन्धुपाल्चोक जिल्लाको बासिन्दा रहेको व्यहोरा खुल्नुपर्ने वा निजको पतिले सिन्धुपाल्चोक जिल्लाबाट लिएको नागरिकता नम्बर उल्लेख भएको हुनुपर्ने) ।

२.     अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा बसाई सराई गरी आउनेको हकमा आह्वानपत्र प्रकाशन (आह्वानपत्र प्रकाशन भएको मिति २०७८।०१।१३ गते) हुनुभन्दा अगावै बसाई सराई गरी आएको प्रमाण खुल्ने स्थानीय तहले लेखेको पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बस्ने बासिन्दाहरुले यस निष्काशनमा आवेदन दिन हितग्राही खाता आवश्यक नभए पनि हितग्राही खाता खोलेमा शेयरको लागि आवेदन गर्न सहज हुने र भविष्यमा निष्काशन हुने अन्य कुनै पनि  कम्पनीको शेयर आवेदन गर्न सकिने भएकोले यथासक्य छिटो आफूलाई पायक पनि कुनै पनि आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुमा गई हितग्राही खाता खोली आफूलाई शेयर आवेदन गर्न पाउने हकबाट वञ्चित नगर्न कम्पनीले आग्रह गरेको छ  ।

काठमाडौँमा रहेका सिन्धुपाल्चोकवासीलाई काठमाडौँबाट समेत आवेदन दिन सक्ने ब्यबस्था कम्पनीले गरेको छ  ।

यी हुन् आवेदन दिन सकिने संकलन केन्द्र :

(क) सिन्धुपाल्चोक जिल्लाभित्र:

१.         ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा ।

२.         ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा.९, बाह्रबिसे ।

३.         लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५,चौतारा ।

४.         लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।

५.         लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा. ७, खाडीचौर बजार ।

६.         लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

७.         मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ६, चौतारा  ।

८.         मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा. २, हेलम्बु ।

९.         मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।

१०.      मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा. ६, पाँचपोखरी ।

११.      नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा. ६, बाह्रबिसे ।

१२.      नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा. ८, चौतारा ।

१३.      नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।

१४.      सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा. ८, बाह्रबिसे  ।

१५.      सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।

१६.      सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

१७.      सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा १०, सुकुटे ।

१८.      सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा ५, चौतारा ।

१९.      सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

२०.      सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा  ।

२१.      सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।

२२.      सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, सिलढुंगा ।

२३.      नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।

२४.      सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

२५.      सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा. ४, बाह्रबिसे ।

२६.      प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।

२७.      नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।

२८.      नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।

२९.      कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

३०.      कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

३१.      कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।

३२.      बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।

३३.      एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।

३४.      एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ५, बलेफी बजार ।

३५.      माछापुछ्रे बैंक लि., तातोपानी, सिन्धुपाल्चोक ।                           (प्रस्तावित)

३६.      महालक्ष्मी विकास बैंक लि., खाडीचौर, सिन्धुपाल्चोक ।               (प्रस्तावित)

काठमाण्डौं उपत्यकाभित्र*:

१.         ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।

२.         एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ. ।

३.         प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।

४.         सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।

५.         लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।

६.         सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।

७.         सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।

* उपरोक्त संकलन केन्द्रहरुमा चेकमात्र बुझिलिने व्यवस्था गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।१०।०७ को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणाली मार्फतसमेत आवेदन दिन सक्नेछन् ।