काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२ अंकले घटेको छ।
साताको दोस्रो दिन आज नेप्से १२.३६ अंकले घटेर २६५२ को बिन्दुमा पुगवेको छ।
यसदिन नेप्सेमा लघुवित्त र इन्भेष्टमेन्ट बाहेक सबै उपसमुह राताम्मै छन्। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६९ अंकले घटेर ४७५ दशमलव १२ विन्दुमा पुगेको छ ।
आइतबार ५४ अंकले बढेर २६ सय ६५ दशमलव ११ विन्दुमा पुगेको नेप्से आज १२ दशमलव ३५ अंकले घटेर २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको हो ।
नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको ८८ हजार ४८३ पटक कारोबार भएर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको छ।
विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था र सिंगटी हाइड्रोको सेयरमूल्य आज सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ।