काठमाडौं। नेपाली बजारमा आज फेरी सुनको मूल्य बढेको छ । आज सोमबार तोलामा ४०० रुपैयाँ बढेर छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
महासङ्घका अनुसार सोमबार चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।