काठमाडौं। नागरिक लगानी कोषले ७ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ७ अर्ब २० करोड रकम १ देखि २ वर्षे मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । कोषले यसमा २०७८ जेठ १ गतेसम्म भुक्तानी म्याद समाप्त हुने मुद्दती निक्षेप समावेश गरिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ । कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।
कोषले आगामी वैशाख २३ गते दिउँसो १:३० बजे भित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।