छिमेक लघुवित्तको संस्थापक शेयर निषेधाज्ञा खुला भएको पाँच दिनसम्म खुला रहने

  • प्रकाशित मिति : २०७८ बैशाख २०, सोमबार
  • chhanbin.com

काठमाडौं । बैशाख १४ गतेदेखि लिलामीमा विक्री खुला भएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर निषेधाज्ञा खुला भएको पाँचदिनसम्म विक्रीमा रहने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको छिमेक लघुवित्तको २ लाख कित्ता संस्थापक शेयर बैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने गरी विक्रीमा आएको थियो ।

पछिल्लो समय बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण आवेदन दिने अवधि थप गरिएको हो । कम्पनीको शेयर गत माघ २७ देखि चैत ३ गतेसम्म बोलपत्र आव्हान गर्दा विक्री भएपश्चात बाँकी रहेको शेयर पुनः लिलामीमा विक्री गर्न लागिएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. ६०० मूल्य तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । यो शेयर खरिदका लागि न्युनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।