आन्तरिक उडान रोक्ने सरकारको निर्णय, भारत उडान पनि बन्द

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौं। सरकारले आन्तरिक हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडान रोक्ने निर्णय गरेको हो । बैठकले भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर बैठकले आन्तरिक उडान र केही अन्तर्राष्ट्यि उडान रोक्ने निर्णय गरेको हो । अरु देशको अन्तर्राष्ट्रिय उडान भने स्वास्थ्य मापदण्डको पालना हुने गरि संचालन हुने छन् ।