काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा ‘टी प्लस टू’ लागू गरेपनि अहिले धेरै ब्रोकहरुले शेयर बेचेको पैसा दिन लामो समय लगाउने गरेका छन्।
लगानीकर्ताले गुनासो गर्ने गरेपनि कतिपय ब्रोकरहरुले त महिनौ दिनसम्म पनि बेचेको सेयरको पैसा दिँदैनन्।
यो समस्याको सुनुवाई हुन नसकेको गुनासो आम लगानीकर्तामा छ। यसैबीच, ब्रोकर नम्बर ३५ अर्थात कोहिनुर सेक्युरिटिजेले सेयर बेचेकै दिन २ लाख रुपैंयासम्म पैसा खातामा पठाइदिने जनाएको छ।
सो कम्पनीका अध्यक्ष भरत रानाभाटले निषेधाज्ञाको समयमा २ लाखसम्मको सेयर बेचेकै दिन पठाउने बताएका हुन। सेयर बेचेकै दिन बेचेको फोन गरे खातामा पैसा पठाउने उनले बताए।