आन्तरिक उडान घटाउन उड्डयन व्यवसायी र टिआइएबीच सहमति, प्रति घण्टा तीनवटा मात्र उडान

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौं। आन्तरिक तर्फको उडान संख्या घटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा संचालक संघबीच सहमति भएको छ।

सोमबारदेखि आन्तरिक उडान २० मिनेटको अन्तरालमा गर्ने सहमति भएको विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए। ‘यो अवस्थामा हामीलेस्वासथ्य सुरक्षा मापदण्ड भित्र पनि सामाजिक दुरी कायमलाई मुख्य प्राथमिकता दिएका छौ,’उनले भने,’आन्तरिक उडान व्यवस्थापनबारे आइतबार साँझ मन्त्रीपरिषदको निर्णयलाई पालना गर्नेछौ।’

उनका अनुसार सोमबारदेखि आन्तरिक तर्फ प्रति घण्टा तीनवटा उडान हुनेछ। पछिल्लो समय आन्तरिक उडानमा यात्रु माग कम भएसँगै बुद्ध, यती, श्री, समिट लगायत विभिन्न वायुसेवा कम्पनीको उडान संख्या क्रमिक रुपमा घट्न थालिसकेको छ।