छ्याङदी हाइड्रोले माग्यो हकप्रद निष्काशन अनुमति

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौं। छ्याङदी हाइड्रोपावरले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।