काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकासित गरेको छ । यो नाफा गत वर्षको भन्दा २३३.८५% धेरै हो । गत वर्ष कम्पनीले १ करोड ५३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६९.०८% र १८७.८४% बढ्दा नाफा विस्तार हुन सहयोग पुगेको हो ।
गत वर्ष ५ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ८ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि २ करोड ३१ लाख रुपैयाँबाट बढोत्तरी गरेर ६ करोड ६७ लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म यसले ४५ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ । मिथिलाको खराब कर्जा भने बढेर २.४२% भएको छ । गत वर्ष यसको खराब कर्जा २.९१% रहेको थियो । प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ०६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २४ पैसा रहेको छ ।