सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशत बढ्यो

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ करोड ४६ लाख २८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्षको यसै अवधिकोभन्दा ७६ दशमलव ४६ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २६ करोड ३३ लाख ६ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस वर्ष कम्पनीले १७३ दशमलव ७८ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष रू. ५ करोड ५७ लाख ६४ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड २६ लाख ६८ हजार भुक्तानी गरेको हो । यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा शतप्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८१ लाख ७० हजार यो नाफा गरेको हो ।

यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरी चुक्तापूँजी रू. १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १०१ प्रतिशत बढेर रू. ७ करोड ५९ लाख ५५ हजार कायम भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. ७० करोड र जगेडा कोष रकम रू. ३ करोड ७७ लाख ७१ हजार थियो । बीमाकोष रकम पनि यस वर्ष ९४ प्रतिशत बृद्धि भई रू. ८ करोड ५७ लाख २० हजार पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव शून्य ६ रहेको छ ।