एनआईसी एशिया बैंकले नेशनल लाईफ र नागरिक लगानीकोषको संस्थापक शेयर लिलामीमा

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौं । आइतवारदेखि नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४७ हजार ५०६ र नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।

कम्पनीले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४४३ र नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ३४७ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

तोकिएको भन्दा कम मूल्य अंकित गरी पेश गरिएको बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाई छ । यी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतको शाखा कार्यालयमा बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।