काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर लिलामी रहेको छ । बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको उक्त शेयर बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म लिलामीमा विक्री खुला भएको हो ।
यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु साथै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य ब्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएकाले बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक हजारकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयरको विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।