लकडाउनमा थप कडाई: बैंकमा एक चौथाई कर्मचारी राख्नुपर्ने, पत्रकारलाई सूचना विभागको पास अनिवार्य !

  • प्रकाशित मिति : २०७८ बैशाख १८, शनिबार
  • chhanbin.com

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हिजो बसेको बैठकले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको छ। बैंक वित्तीय संस्था संचालनदेखि उद्योग व्यवसाय संचालन गर्नसम्मलाई सिसिएमसीले थप कडाई गरेको हो।

निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठुला शहरहरुमा बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाई शाखाहरुमा एक चौथाई कर्मचारी राखी संचालन गर्ने र यसका लागि नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्नुपर्ने सिसिएमसीले निर्णय गरेको छ।

त्यस्तै अत्यावश्यक सेवा बाहेक अन्य कार्यालयहरु एक चौथाई कर्मचारीद्वारा संचालन गर्नुपर्ने सिसिएमसीले निर्णय गरेको छ।

त्यस्तै काठमाडौं उपत्यकाको हकमा सुचहना तथा प्रसारण बिभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने सिसिएमसीले निर्णय गरेको छ।

त्यस्तै सिसिएमसीले आमसंचारका माध्यमलाई कोभिड बिरुद्दका जनचेतनामुलक संदेश प्रसारित प्रकाशित गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

अन्य निर्णयहरु :