रिलायन्स समूहको आम्दानी १८ प्रतिशतभन्दा बढीले वृद्धि, ७५ हजार नयाँलाई रोजगारी दिने

  • प्रकाशित मिति : २०७८ बैशाख १८, शनिबार
  • chhanbin.com

एजेन्सी । भारतको निजी क्षेत्रको ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रीजले आर्थिक वर्ष २०२०–२१ मा ५३,७२९ करोड भारुको नयाँ रेकर्ड सहितको नाफा गरेको छ । यो एक वर्ष पहिलेको मुनाफा भन्दा ३४.८ प्रतिशत बढी हो । कम्पनीले प्रति शेयर ७ रुपैयाँ भाश्र लाभांशको घोषणा गरेको छ ।

शुक्रबार शेयर बजार बन्द भएपछि कम्पनीले आफ्ना नतिजाहरू सार्वजनिक गरेको छ । यसको असर दुई दिनदेखि भारतीय शेयरहरू ठूला दबाबमा थियो । शुक्रबार पनि बजारमा गिरावटको क्रम बन्द भएन । कम्पनीले भनेको छ यो वर्ष देशमा ७५ हजार जनालाई नयाँ रोजगारी सृजना गर्ने छौं ।

चौथो क्वाटरसम्ममा रिलायन्स उद्योग समूहको कुल आम्दानी १ लाख ७२ हजार ९५ करोड थियो । जुन एक बर्षअघिको जनवरी–मार्चभन्दा २४.९ प्रतिशत बढी हो । खुद नाफा १४९९५ करोड रुपैयाँ भारु पुगेको छ, जुन एक वर्ष अघि रिपोर्ट अनुसार ६,३४८ करोड रुपैयाँ भारुभन्दा १२९ प्रतिशतले बढी हो। यस अवधिमा प्रति शेयर आम्दानी २०.५ रुपैयाँ भएको छ । रिलायन्स इन्डस्ट्रीजको मात्र कुरा गर्ने हो भने यसको आम्दानी ९० हजार ७९२ करोड रुपैयाँ भारु भएको छ । जसको २७।१ प्रतिशतले बढेको छ । खुद नाफामा भने ११.७ प्रतिशतले कमी आएको छ ।

यस समूहको कुल आम्दानी एक बर्षमा ५ लाख ३९ हजार २३८ करोड रुपैयाँ भारु रहेको छ । एक बर्ष पहिलेको तुलनामा १८.३ प्रतिशतले वृद्धि भएको छ । यसका आधारमा प्रति शेयर आम्दानी ७६.४ रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २१.१ प्रतशितको बृद्धि हो ।

कोरोनाको बावजुद कम्पनीको निर्यात राम्रो भएको छ। यसले वर्षभरि १ लाख ४५ हजार १४३ करोड रुपैयाँ भारुको सामान निर्यात गरेको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा २८.३ प्रतिशतले कम हो ।