शाओमीले ल्यायो ‘रेडमी १० नोट प्रो’, यस्ता छन् विशेषता

  • प्रकाशित मिति : २०७८ जेष्ठ १, शनिबार
  • chhanbin.com

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट १० प्रो को लन्च गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टीएम३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ । जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीका अनसार देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ । जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएको छ ।

रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछ । यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्यवालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ । हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छ ।

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ । जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २एमपी डेप्थ सेन्सर उपलब्ध छ। फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो । जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।

रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ । रेडमी नोट १० प्रो मा लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ । जसले उत्कृष्ट क्यामेरा क्षमताहरुको प्रदान गर्दछ । यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो– यसको अघिल्लो जेनेरेशन भन्दा यो १५ प्रतिशतले पातलो छ ।

आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीहरुले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोजरहरु प्रदान गर्दछ । यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ ।जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइक्रोमिटरको पिक्सेल साइज प्रदान गर्दछ ।

म्याक्रो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १०मा ५ एमपी सुपर म्याक्रो क्यामेरा सेन्सरको सुविधा रहेको छ । सुपर म्याक्रो लेन्स म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो। यसको मद्दतले उपभोक्ताहरुले २ एक्सथप जूम गर्न सक्दछन् । जसले म्याक्रो क्यामेरा एक्सपेरियन्सको लागि धेरै भिन्न परिप्रेक्षलाई सक्षम पार्दछ ।

उच्चतम गुणस्तरको स्तर कायम राख्दै रेडमी नोट १० प्रो मा कोर्निङ्ग गोरिल्ला ग्लास ५ रहेको छ जसले उपकरणलाई दुर्घटनात्मक झर्न र खरोच हुनबाट सुरक्षित राख्दछ । आइपी५२ रेटिंग रबराइज्ड पोर्टको साथको मेलले धुलो र पानी इनग्रेस विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । कोरोजन प्रतिरोधी पोर्टहरुले सबै मौसम उपयोगिताको सुनिश्चित गर्दछ ।

रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुनेछन् । रेडमी नोट १० प्रो अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा ३१ वैशाख २०७८ देखि नेपाली ३३ हजार ९९९ को सुपथ मूल्यमा उपलब्ध हुनेछ ।