आम्दानीसँगै शिवम् सिमेन्ट्सकाे नाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

  • प्रकाशित मिति : २०७८ बैशाख २९, बुधबार
  • chhanbin.com

काठमाडौं। शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमासमा २६ प्रतिशतले नाफा बढको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा २६.५२ प्रतिशतले धेरै हो।

कम्पनीको सिमेन्ट बिक्रीमार्फत हुने आम्दानीको साथै अन्य आम्दानी समेत बढेको छ तर उसको खर्च खासै बढेको छैन। यसले गर्दा कम्पनीको नाफा बढ्न सहयोग पुगेको देखिन्छ।

यस अवधिमा कम्पनीको मुख्य व्यवसायबाट हुने आम्दानी ३.८३ प्रतिशतले बढेर ७अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा उसको यस्तो आम्दानी ७ अर्ब ८ करोड रुपैयाँ थियो।

त्यस्तै कम्पनीको अन्य आम्दानी पनि २४५ प्रतिशतले बढेर३ करोड ८९ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्ष १ करोड १२ लाख रुपैयाँ थियो।

कम्पनीले खर्च भने खासै बढ्न दिएको छैन। उसको कुल खर्च ०.४५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ११ पैसाबाट बढेर ३३ रुपैयाँ ०३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात ४३.८१ गुणा छ।