दोहोरो अंकले बढेको बजारमा सोमवार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • प्रकाशित मिति : २०७८ बैशाख २७, सोमबार
  • chhanbin.com

काठमाडौं । सोमवार तीन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यो दिन राष्ट्रिय बीमा कम्पनीको १० प्रतिशतले र समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत र रूरू जलविद्युत परियोजनाको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ ।

राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्य यो दिन प्रतिकित्ता रू. १ हजार ७५० ले बढेर अन्तिम मूल्य रू. १९ हजार २५० पुगेको छ । त्यस्तै समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. ८० ले बढेर अन्तिम मूल्य रू. ८८४ र रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ५४ ले बढेर अन्तिम मूल्य रू. ६०२ पुगेको छ ।