ग्राहकका लागि हुन्डाइले शुरु गर्यो “हटलाइन सेवा”

  • प्रकाशित मिति : २०७८ बैशाख १७, शुक्रबार
  • chhanbin.com

हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवा को शुरुवात गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरु गरेको हो ।

हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा काठमाण्डौ उपत्यकाका लागि सूचारु गरिएको छ र हटलाईन सेवाको लागी सम्पर्क नम्बर(मृनल ः ९८०१२०१५२० तथा राजेन्द्र ः ९८०१२३९२६०) तोकिएको छ ।