निषेधाज्ञालाई थप कडा पार्ने सीसीएमसीको निर्णय, बैंकमा एक चौथाई कर्मचारी मात्र रहन पाउने

  • प्रकाशित मिति : २०७८ बैशाख १७, शुक्रबार
  • chhanbin.com

कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले  कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले  बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिन सिफारिस गरेको छ । त्यस्तै बैठकले  सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको छ । उद्योगहरु संचालन गर्नुपर्ने भए मजदूर र कर्मचारी उद्योग परिसरभित्र नै रहनु पर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।  बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाकामात्र खुलाउन र बाँकी २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न सिफारिस गरेको हो ।