बल्खुमा बन्ने भयो एमाले मुख्यालय

  • प्रकाशित मिति : २०७८ बैशाख ९, बिहीबार
  • chhanbin.com

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी कार्यालय शिलान्यास गरिएको छ । यसअघि एमाले मुख्यालय रहेको बल्खुमा नयाँ र अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयको शिलन्यास गरे ।

२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको छ । सो कार्यालयको ओलीले नै आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।