मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७८ बैशाख ७, मंगलवार
  • chhanbin.com

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

श्रेष्ठले कोरोना देखिएपछि सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँची नगर्न पनि आग्रह गरेका छन्।

कोरोनाबाट जति सकिन्छ सर्तक रहन पनि उनले अनुरोध गरेका छन्। यसका साथै श्रेष्ठले आफ्नो जन्मदिन पनि परेकाले शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन्।