सरकार पछि हट्यो, सूचना प्रविधि विधेयक संसदमा पेश नहुने

  • प्रकाशित मिति : २०७७ चैत्र २६, बिहीबार
  • chhanbin.com

काठमाडौं । सामाजिक सञ्जाललाई अंकुश लगाउने गरी ल्याइन लागेको सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभामा पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्रतिबन्ध लगाउन खोजेको भन्दै चर्को विरोध भएपछि सरकार एक कदम पछि हटेको हो ।

विहिबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने भनिएको थियो । एक वर्ष पहिले नै कांग्रेसको असहमतिका बीच समितिबाट बहुमतले पास भएको सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी थियो ।

विधेयक पेश गर्ने कार्यसुची बनाइएपछि विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसदहरुले विरोधपछि सरकार पछि हटेको हो । वरिष्ठ अधिवक्ता एवं कांग्रेस नेता राधेश्याम अधिकारीले कांग्रेसले यो विधेयक अघि बढाउन नदिने उल्लेख गरे ।