सर्वोच्चको अन्तरिम आदेश : बिस्केट जात्रा नरोक्नु !

  • प्रकाशित मिति : २०७७ चैत्र २५, बुधबार
  • chhanbin.com

२५ चैत, काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
साथै जिल्ला प्रशासन कार्यालयको निर्णयले समस्या झन् जटिल हुन सक्ने भन्दै नगरपालिकाले जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर ५ बुँदे निर्णय गरेको छ। भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाइ सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने बैठकले निर्णय समेत गरेको छ ।