सुदूरपश्चिमका ९ जिल्लामा नेपाल–खनाल समूहले बनायो समानान्तर कमिटि

  • प्रकाशित मिति : २०७७ चैत्र २५, बुधबार
  • chhanbin.com

२५ चैत,काठमाडौँ ।नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटि बनाएको छ । नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा बुधबार समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।

समानान्तर कमिटिको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा। तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएको नेता भीम रावलले जानकारी दिए ।

दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती समानान्तर कमिटिको अध्यक्ष बनेका छन् । यस्तै अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बनेका छन् ।