बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति : २०७७ चैत्र २५, बुधबार
  • chhanbin.com

२५ चैत,काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।