डा. शेरबहादुर पुनलाई राष्ट्रिय प्रविधि पुरस्कार

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • chhanbin.com

२४ चैत,काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ११ विधामा १७ जना व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नास्टले यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार टेकुस्थ्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई पुरस्कार दिने निर्णय गरेको हो ।

कोरोना महामारीमा डा पुनले अध्ययन, अनुसन्धान र सचेतना भूमिका खेलेको भन्दै पुरस्कार दिने निर्णय हो । यस्तै नास्टले यस वर्ष प्रकृति संरक्षण कोष पुरस्कार विश्व वन्यजन्तु नेपाललाई, कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठलाई, विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापालाई, डा. सुनिता गौतम, डा.आनन्द मिश्र, डा. अनुपमा श्रेष्ठलाई, विज्ञान पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने भएको छ ।