नेपाल-खनाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • chhanbin.com

२४ चैत,काठमाडौँ । सत्तारुण नेकपा एमालेका असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल समूहले मंगलबार बागमती प्रदेश समानान्तर समिति घोषणा गर्दैछन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई कारबाही गर्न थालेपछि नेपाल-खनाल समूह समानान्तर कमिटी घोषणा गरिरहेको छ। चार दिन अघि नेपाल-खनाल पक्षले एमाले पुनर्गठन अभियान सुरु गरेको थियो। दुई दिनअघि उक्त समूहले काठमाडौँ जिल्लामा समानान्तर कमिटी घोषणा गरेको थियो।

नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सोमबार समानान्तर समितिमा बस्नेलाई कारबाही गर्ने निर्देशन दिएका थिए। पार्टीभित्र असन्तुष्ट भीम रावलले पनि मंगलबार सुदुर पश्चिम प्रदेशमा समानान्तर समिति घोषणा गर्दैछन्।