थप २६६ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति : २०७७ चैत्र २३, सोमबार
  • chhanbin.com

२३ चैत,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ।

हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।