कोरोनाभाइरसको संक्रमण बढे संगै काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ हुने

  • प्रकाशित मिति : २०७७ चैत्र २३, सोमबार
  • chhanbin.com

२३ चैत,काठमाडौँ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ ।
काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।