२२ चैत,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहको काठमाडौँ जिल्ला भेला सुरु भएको छ। बुद्धनगर पार्टी प्यालेसमा भेला सुरु भएको हो।
भेलालाई एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्दैछन्। भेलाले काठमाडौँ जिल्ला कमिटी गठन गर्नेछ। वसन्त मानन्धरलाई काठमाडौँ जिल्ला अध्यक्ष बनाउने तयारी गरिएको एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद सुरेन्द्र मानन्धरले जानकारी दिए।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल समूहका नेताहरुलाई कारबाही गरेपछि यो समूहले देशभर समानान्तर कमिटी गठनलाई तिब्रता दिएको छ।