वन क्षेत्रमा रोकिएन डढेलोको क्रम

  • प्रकाशित मिति : २०७७ चैत्र २२, आईतवार
  • chhanbin.com

२२ चैत,काठमाडौँ । देशका विभिन्न स्थानको वन क्षेत्रमा डढेलोको क्रम रोकिएको छैन। वन विभागका अनुसार अहिले ५५ जिल्लाका ४४९ वन क्षेत्रमा डढेलो सक्रिय छ।

सबैभन्दा धेरै सुर्खेतका ३८, दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका समान २४ स्थानमा डढेलो सक्रिय अवस्थामा रहेको विभागले जनाएको छ।

यस्तै बर्दिया र डोटीका समान २१, कैलालीका १८, कञ्चनपुर र उदयपुरका समान १७, बाँकेका १५, कपिलवस्तुका १२, मकवानपुरका ११ तथा अछाम र अर्घाखाँचीका समान १० स्थानमा डढेलो अहिले पनि जारी छ।

यो वर्षको डढेलो सिजन सुरु भएयता (नोभेम्बर १५ यता) देशभरका ३८ सय चार वन क्षेत्रमा डढेलो लागेको छ र ७६ जिल्ला प्रभावित भएका छन्।