२२ चैत, काठमाडौं । बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।
खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर आगो लागेको थियाे ।
साे आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।