बागलुङ कालिका मन्दिर परिसर जंगलमा आगलागी ,मन्दिर जोखिममा

  • प्रकाशित मिति : २०७७ चैत्र २१, शनिबार
  • chhanbin.com

२१ चैत, काठमाडौं ।  बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ।

काठेखोला छेउमा रहेको फोहोर व्यवस्थापनस्थल देखि शनिबार सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहे पनि नियन्त्रणमा आउन नसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

आगलागीका कारण मन्दिरको पश्चिमपट्टिस्थित जंगलमा ठूलो क्षति पुगेको छ। मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको प्रहरीको भनाइ छ।