२० चैत, काठमाडौँ । ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
चार दशककै सबैभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनाग्रस्त भएको थियो।
ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन्।
अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको छ।