सुनको मूल्य बढयो

  • प्रकाशित मिति : २०७७ चैत्र २०, शुक्रबार
  • chhanbin.com

२० चैत,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।