२०चैत, काठमाडौँ। काेराेना संक्रमणसँग जुझिरहेका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकरलाई अस्पताल भर्ना गरिएको छ।
सचिनले ट्विटमार्फत यसबारे जानकारी दिएका छन्। चिकित्सकको सल्लाह अनुसार आफू अस्पतालमा भर्ना भएको उनले बताएका छन्।
उनले कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउन पनि सबैलाई आग्रह गरेका छन्।